बाढीपहिरोः १६ जना अझै बेपत्ता
मंगलबार, असोज १३, २०७७

पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए
सोमबार, असोज १२, २०७७
पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
आइतबार, असोज ११, २०७७
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो ।

सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन
आइतबार, असोज ११, २०७७
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार विहानसम्म पनि खुल्न नसकेको हो ।

पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध
आइतबार, असोज ११, २०७७
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।

तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
शनिबार, असोज १०, २०७७
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो ।

तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
शुक्रबार, असोज ९, २०७७
पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।

वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७
अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
बिहीबार, असोज ८, २०७७
पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
बिहीबार, असोज ८, २०७७
तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।

फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
बिहीबार, असोज ८, २०७७
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।

प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
बिहीबार, असोज ८, २०७७
प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।