घरमा आगलागी, ५५ लाखको क्षति
बिहीबार, असोज २७, २०७९
पाल्पाका कार्यालयमा छड्के अनुुगमन, २७ कर्मचारी कार्यालयमै भेटिएनन्
बिहीबार, असोज २७, २०७९
पाल्पाका सरकारी कार्यालयमा पियनदेखि अधिकृत नै कार्यालयमा अनुपस्थित हुने गरेको भेटिएको छ । जिल्लास्थित सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयको छड्के अनुगमनका क्रममा यस्तो देखिएको हो । कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि प्रशासनले बुधबार छड्के अनुगमन गरेको थियो । यहाँका १३ वटा कार्यालयमा गरिएको अनुगमनमा ८ वटा...
रामपुरका युवा पञ्चेबाजा संरक्षणमा
बिहीबार, असोज २७, २०७९
गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आवद्ध युवा सक्रियरूपमा लागेका हुन् ।
मनपरी भाडा असुल्न थालेपछि पाल्पामा भाडा समायोजन
बिहीबार, असोज २७, २०७९
जिल्लाका विभिन्न स्थानबाट सवारी साधनहरुले मनपरी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकामा २ सय भन्दा बढी नागरिकले भाडाका सवारी साधनले यात्रुहरुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाहरुको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी गराए ।
हात–हतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असोज २६, २०७९
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको हो ।
रुपन्देहीमा तीन जनाको उम्मेदवारी खारेज
बुधबार, असोज २६, २०७९
निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हुन् ।
पाल्पा र गुल्मीमा रोचक बन्दै निर्वाचन : पहिले सहयोद्वा, अहिले प्रतिस्पर्धी
बुधबार, असोज २६, २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पाल्पा र गुल्मीमा रोचक हुुने देखिएको छ । यस अघि एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका नेताहरु बिच अहिले फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन विगतका भन्दा फरक र रोचक बन्ने देखिएको हो ।
‘विकास र समृद्धिका लागि हाम्रो उम्मेदवारी’
बुधबार, असोज २६, २०७९
पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारहरुले पाल्पा क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताएका छन् । मंगलबार तासेनमा पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले विकास र समृद्धिको क्षेत्रमा पछाडी परेको यस क्षेत्रको विकास लागि...
गाउँघरमा बज्नै छाडे सहनाई
बुधबार, असोज २६, २०७९
गाउँघरमा बजाइने सहनाई बाजा हिजोआज बज्न छाडेका छन् । पुराना पुस्ताले सहनाई बाजाको राग बिर्सदै गएका छन् भने नयाँ पुस्ताले सहनाई बाजाको महत्व र राग बुझ्नै पाएका छैनन् । विभिन्न शुभ कार्य होस् वा धार्मिक कार्य नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ ।
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया
मंगलबार, असोज २५, २०७९
पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
मंगलबार, असोज २५, २०७९
असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् ।
आशै–आशमा टर्यो जहाज उड्ने सपना
मंगलबार, असोज २५, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल
मंगलबार, असोज २५, २०७९
पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।


