गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
                        
                        
                                                
                                            
                                                                    गुल्मी, गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ । गाउँपालिकाका नागरिकहरुको सुरक्षित उद्दारको लागि विवरण संकलन गर्न गाउँपालिकाबाट सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आफ्नो आफन्त तथा छिमेकीहरु अफगानिस्तानमा रहेका छन् भने यथासिघ्र आफ्नो वडाको जनप्रतिनिधि, वडा कार्यालयमा विवरण टिपाउन आग्रह गरिएको उनले बताए । गाउँपालिकाको फोन तथा एसएमएसमार्फत नाम, ठेगाना र हाल अफगानिस्तानमा रहेको स्थान सहितको विवरण टिपाउन गाउँपालिकाले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    