ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, असार ४, २०७८

पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते
शुक्रबार, असार ४, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पामा विहीबार ५३ जना संक्रमितले कोरोना जिते
बिहीबार, असार ३, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।

माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
बिहीबार, असार ३, २०७८
नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।

पाल्पामा फोन स्कुल सञ्चालन
मंगलबार, असार १, २०७८
पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।

विद्यार्थी भर्ना अभियान शुरु
मंगलबार, असार १, २०७८
सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।

पाल्पा कोरोना अपडेट: मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण
मंगलबार, असार १, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन्...

पाल्पा कोरोना अपडेट : सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण
सोमबार, जेठ ३१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ९ जना संक्रमितले कोरोना जितेका हुन् ।

सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सोमबार, जेठ ३१, २०७८
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।