बगनासकालीका दुई जना एमाले छाडेर काँग्रेसमा प्रवेश
बिहीबार, चैत २४, २०७८
काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन
बिहीबार, चैत २४, २०७८
तानसेन नगरपालिका –७ काजीपौवामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ वडा समिति गठन भएको छ । नेपाली काँग्रेस वडा कार्यालयको आयोजनामा समिति गठन गरिएको हो । काँग्रेसले ‘घर–घर जाऔ काँग्रेस जिताऔं’ अभियान अन्तर्गत समिति गठन गरेको जनाएको छ । काँग्रेसले रिमा सारुको सभापतित्वमा २७ सदस्यी राष्ट्रिय मगर संघ...
चर्कियो महँगी
बिहीबार, चैत २४, २०७८
दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ ।
गुल्मीको मालिकामा गठबन्धन
बिहीबार, चैत २४, २०७८
जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
बुधबार, चैत २३, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान
बुधबार, चैत २३, २०७८
नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ ।
शान्ति समाजको गुल्मीमा प्रदर्शन
मंगलबार, चैत २२, २०७८
मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी र गण्डकी प्रदेशका २१ जिल्लामा युद्व निषेध शान्ति विशेष लगायतका नाराका साथ एकैसाथ प्रदर्शन गरेको छ । गुल्मीमा पनि हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत प्रदर्शन गरिएको...
राप्रपा पाल्पाको चुनावी तयारी बैठक
मंगलबार, चैत २२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो ।
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं
मंगलबार, चैत २२, २०७८
सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला...
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा
मंगलबार, चैत २२, २०७८
कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिले आवश्यक रहेको काँग्रेसको ठहर छ...
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास
सोमबार, चैत २१, २०७८
,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।
रामपुरमा काँग्रेसको अन्तरक्रिया
सोमबार, चैत २१, २०७८
पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा घर घर जाआँै काँग्रेस जिताऔ अभियानअन्तर्गत अन्तरक्रिया भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।


