स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित
सोमबार, वैशाख ५, २०७९
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि
सोमबार, वैशाख ५, २०७९
कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
आइतबार, वैशाख ४, २०७९
गत बुधबार राति एक युवतीको ‘शड्ढास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकाले पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै दिन दिनदेखि आन्दोलन गरिरहेका छन् ।
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए
शनिबार, वैशाख ३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–८ घिमिरे डाँडामा ८ वर्षीय बालक मृत भेटिएका छन् । सोही ठाउँकी सीता घिमिरेको छोरा शसी घिमिरे घर नजिकैको खोल्सामा शनिबार दिउँसो मृत भेटिएका हुन् ।
‘विकासको आन्दोलन अहिलेको आवश्यकता’
शनिबार, वैशाख ३, २०७९
अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले विकासको आन्दोलन अहिलेको आवश्यकता रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा लोक सुशेली युवा क्लब, रम्भा १, च्याङलिङले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै रानाले अहिलेको आवश्यकता भनेको विकासको आन्दोलन रहेको बताएका हुन् ।
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन
शुक्रबार, वैशाख २, २०७९
नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
बुधबार, चैत ३०, २०७८
जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
बुधबार, चैत ३०, २०७८
गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।
गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा
बुधबार, चैत ३०, २०७८
संघीयता पछि जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जहाँ शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधार विकासको क्षेत्रमा वर्षेनी करोडौ बजेट खर्च भइरहेको छ । तर अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । विकासमा घोटाला गर्ने प्रवृत्ति स्थानीय तहमा अधिक मौलाएको पाइन्छ । गुल्मीमा पनि स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका...
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
मंगलबार, चैत २९, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
मंगलबार, चैत २९, २०७८
नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
जीर्ण अवस्थामा ढुङ्गे धारा
मंगलबार, चैत २९, २०७८
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...


