Shittalpati
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी

पाल्पा, नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

चौधरी शेरबहादुर देउवा निटक मानिन्छन् । लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेताका लागि रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका बिरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेका छन् । चौधरी दाङको निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन् ।

दलको उपनेता चयनमा भने एकदुई दिन लाग्ने बताइएको छ । लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी काँग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update