गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
शुक्रबार, फागुन २०, २०७८
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
शुक्रबार, फागुन २०, २०७८
तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
बिहीबार, फागुन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
बिहीबार, फागुन १९, २०७८
तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
बुधबार, फागुन १८, २०७८
बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
मंगलबार, फागुन १७, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।
सेना दिवस मनाइँदै
मंगलबार, फागुन १७, २०७८
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।


