Shittalpati
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री

पाल्पा, जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । प्रदेशका भित्रका १२ जिल्लाका जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाले गुल्मी जिल्ला समन्वय समितिका प्रमुख खत्रीलाई प्रदेशको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । खत्री नेपाली काँग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य पनि हुन् ।

यस्तै भेलाले महासंघ प्रदेशको उपाध्यक्षमा रोल्पाका उपप्रमुख कर्मलाल परियार र अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालालाई सचिवमा चयन गरेको छ ।

जिल्ला समन्वय समितिमा निर्वाचित देशभरका जनप्रतिनिधिहरुको भेला पोखरामा शनिबार भएको थियो । पोखरामै भएको लुम्बिनी प्रदेशका जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुले महासंघ प्रदेशको अध्यक्ष, उपाध्यक्ष सहित पदाधिकारी चयन गरेको हो ।

 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update