गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा पुनःसञ्चालनमा
आइतबार, असोज २३, २०७९
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
आइतबार, असोज २३, २०७९
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
जसपा वाहिरियो : लोसपा संग छलफल हुदै
शुक्रबार, असोज २१, २०७९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेस समेतका गठवन्धनमा सहभागिदलहरुसँग छलफल थालेको छ ।
देशभर ६ सय २८ जना सक्रिय संक्रमित
शुक्रबार, असोज २१, २०७९
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ सय ३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निलसागर आश्रममा दसैंको बिलौना
शनिबार, असोज १५, २०७९
आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैंको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैंहरू सम्झदा यस वर्षको दसैं उनलाई नरमाइलो लागेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध
शनिबार, असोज १५, २०७९
आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका राजनीतिक दलहरुले साझा प्रतिबद्धता जनाएका छन् । पाल्पा विकास केन्द्रले शुक्रबार तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै पाल्पाका ८ राजनीतिक दलहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन...
निःशुल्क यातायात सेवा
शनिबार, असोज १५, २०७९
दसैंको समयमा यात्र गर्ने यात्रुुहरुका लागि निःशुुल्क यातायात सेवा दिइने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको हो ।
बुटवलका सडकमा खुला दूध बेच्न रोक
शुक्रबार, असोज १४, २०७९
बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त
शुक्रबार, असोज १४, २०७९
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशालामा निर्वाचन आचारसंहिताका...
लुम्बिनीमा गुड्न थाले बिद्युतीय बस
बिहीबार, असोज १३, २०७९
लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे ।
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी
बिहीबार, असोज १३, २०७९
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
बिहीबार, असोज १३, २०७९
नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो ।
बज्नै छाडे मालश्री धुन
बिहीबार, असोज १३, २०७९
नेपालीको महान् पर्व दसैँ–तिहारजस्ता ठूला चाडमा मंगल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मालश्री धुन बज्न थालेपछि हरेक नेपालीमा दसैँ–तिहार सुरु भएको आभास हुन्थ्यो । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दसैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि...


