Shittalpati
लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा

पाल्पा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो ।

माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउने सकेको थिएन । स्रोतका अनुसार सबै प्रदेशसभा सदस्यले दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा महरालाई नेता चयन गरिएको हो । महरा रोल्पा १ (१)बाट निर्वाचित हुन् । लुम्बिनी प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । महरा प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update