Shittalpati
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

पाल्पा, जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ । जनता विद्यालय तानसेनबाट २५ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी भएकोमा २५ जना  विद्यार्थी नै उर्तिण भएका छन् ।

यसैगरी एसईई परिक्षामा १ सय भन्दा बढी विद्यार्थी सहभागी गराएर ए ग्रेड माथी ४० प्रतिशत विद्यार्थी उर्तिण गराउने विद्यालय राष्ट्रिय शिक्षा पुरस्कारको लागि दावी गर्न पाउने नियम अनुसार जनता मावि तानसेन राष्ट्रिय शिक्षा पुरस्काराको दावी गर्ने स्थानमा पुगेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामजी पोखरेल( भोजराज)ले बताए । जनताले समग्र नतिजाको ४५ प्रतिशत ए ग्रेड माथिको नतिजा ल्याएको दावी अध्यक्ष पोखरेलले गरेका छन् । अहिले सरकारी स्तरमा देशभरीबाट राज्यको घोषित निति अनुसार एसईई परिक्षा २०८१ को नतिजामा १५ औ स्थानमा जनता मावी( जेभेटी) आएको विद्यालयका शिक्षक राम प्रसाद ढकालले दावी गरे । जनता माध्यमिक विद्यालय तानसेनबाट १२१ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी भएकोमा ८६ जना उर्तिण भई ७१ प्रतिशत नतिजा हासिल गरेको छ । जसमा प्राविधिक धार तर्फ २५ जना परिक्षामा सहभागी भएकोमा २५ जना नै उर्तिण भई शत प्रतिशत र साधारण तर्फ ६१ जना विद्यार्थी उर्तिण भएको विद्यालय व्यबस्थापन समितिका सदस्य हरिवोल भट्टराईले बताए ।  विद्यालयले ए प्लस ग्रेड ल्याउने २२ जना, ए ग्रेड ल्याउने ३१ जना, वि प्लस ग्रेड ल्याउने २६ जना, र वि ग्रेड ल्याउने ७ जना रहेका छन् ।

विगत बर्षदेखी नै उत्कृष्ट नतिजा ल्याएको खुसियालीमा अभिभावक, विधार्थी, शिक्षक, विद्यालय व्यबस्थापन समिती सहित पञ्चेवाजा बजाउदै नाचगान सहित  तानसेन बजार परिक्रमा गरेका छन् । एसईई उत्र्तिण भएका विद्यार्थीहरुलेको जनता माविमा स्तरीय ल्याव सेवा सहित विज्ञान, ईन्जिनियरिङ्ग, होटल म्यानेजमेण्ट, व्यबस्थापन, शिक्षा संकायमा अध्ययन गर्ने अवशर रहेको विधालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update