Shittalpati
पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १५ जना र एन्टिजेन परीक्षणमा ३८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ६१ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका २, रैनादेवी छहरा गाउँपालिका,बगनासकाली गाउँपालिकाका १/१, रिब्दीकोट गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका ८ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ पुगेको छ । जसमा २ हजार २ सय ९० महिला र ३ हजार ७ सय ११ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १४, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका ३/३, रिब्दीकोट गाउँपालिकाका ४, निस्दी गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ४ सय ९३ पुगेको छ । जसमा १ हजार ८ सय २ जना महिला र १ हजार ६ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ५, माथागढीका २, रामपुरका १२,पूर्वखोलाका १, बगनासकालीकाका ४, तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ८ सय ३८ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ४१ पुगेको छ । जिल्लामा ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update