Shittalpati
पाल्पाका व्यवसायीले पनि लगाए खोप

पाल्पा,  पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।

पाल्पा उद्योग वाणिज्य संघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै स्वास्थ्य कार्यालय पाल्पाबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो । सो अवसरमा उद्योग वाणिज्य संघ र व्यापार संघका सदस्य, उद्यमी व्यवसायी, कर्मचारी गरी ५ सय ५० जनाले कोरोनाविरुद्धको खोप लगाएको पाल्पा उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक सुशिल प्रधानले बताए । तानसेनस्थित बालमन्दिर परिसरमा उनीहरुलाई कोरोना खोप लगाइएको हो । खोपबीना उद्योग व्यवसाय गर्न जोखिम रहेको भन्दै व्यापार व्यवसायले पनि गतिलिन नसकेको अवस्थामा खोपले महत्वपूर्ण टेवा पुग्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । आगामी दिनमा छुटेका उद्योगी व्यवसायीलाई पनि खोप उपलब्ध गराउन संघ अगाडि बढ्ने भन्दै उनले खोप लगाएपछि उद्योगी व्यवसायीमा अलग्गै उर्जा थपिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update