एजेन्सी । संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ । घटना भारत झारखंडको हो । २२ वर्ष अघि पतिको निधन भयो भनेर विधवा जीवन विताएकी महिलाको अगाडी अचानक श्रीमान जिवीत भएर आए । २२ वर्ष पहिले पति निधन भएको मानेर एकल जीवन विताइरहेकी श्रीमती त्यतीबेला दंग परिन् जब उनका श्रीमान सारंगी बजाउँदै जोगीको भेषमा आइपुगे ।
गढ़वा जिल्ला कांडी प्रान्तको सेमौरा गांव निवासी उदय २२ वर्ष पहिले आफ्नो पैतृक घर छोडेर गए। परिवारका सदस्यले उनलाई धेरै ठाउँमा खोजी गरे । तर उनको कतै पत्तो लावगेन । धेरै वर्ष पछि परिवारका सदस्यलाई लाग्यो की उनी अब यो संसारमै छैनन् । त्यसपछि उनीहरुले उदयको अन्तिम संस्कार गरे । श्रीमती पनि विधवा बनेर बसिन् । छोराछोरीलाई पनि आमाले नै वुवाको जिम्मेवारी पनि निभाउन लागिन् । तर २२ वर्ष पछि उदय जोगीको भेषमा सारंगी बजाउँदै आफ्नै घरमा भिक्षा माग्न आइपुगे । उनले बाबा गोरखनाथको भजन गाउँदै श्रीमतीसंग भिक्षा मागे ।
जोगीको भेषमा आएका उदयलाई देखेपछि उनकी श्रीमतीले उनलाई चिनिन् , र हराएको श्रीमान फेला परेकोमा खुसीले रुन लागिन् । श्रीमानलाई जोगीमो भेष छोडेर घरमा बस्न आग्रह गरिन् । तर उदय साओले बारम्बार आफ्नो पहिचान लुकाए। त्यस समयमा घर र गाउँका धेरै सदस्यहरु त्यहाँ पुगे र सबैले उदयलाई पनि चिने। अन्त्यमा, उदयले आफ्नो वास्तविक पहिचान बताए र श्रीमतीसंग भिख मागे । उनले भने कि जब सम्म मैले मेरो श्रीमतीको हातवाट भिख पाउँदिन मलाई धार्मीक रुपले मुक्ति मिल्दैन । त्यसैले तिमी मलाई भिख दिएर आफ्नो कर्तब्य पुरा गरिदेउ । जोगी को भेष मा बर्षौ पछि, उदय सौ घर आएको जानकारी पाएर धेरै गाउँहरु बाट मानिसहरुको भीड जम्मा भयो।
सबैको चाहना थियो कि जोगीको भेषमा आएका उदय अब आफ्नो परिवार संगै बस्नु पर्छ। तर उनले परिवार संग घरमा बस्न अस्वीकार गरे। गाउँबाट बाहिर आएपछि पनि उनले डिग्री कलेजको भवनमा शरण लिएका छन्। यसै बीच, गाउँका मानिसहरूले बाबा गोरखनाथको धाममा यज्ञ र भण्डारा आयोजना गर्न खाद्यान्न र पैसा संकलन गर्न थालेका छन्। समाचार लेख्दासम्म उनी आफ्नी श्रीमतीबाट भिक्षा नपाएको हुनाले त्यही गाउँको वरपरका क्षेत्रमा घुमिरहेछन् । –etajakhabar


                                        
                                        
                                        
                                        
                    
                    
                    