Shittalpati
एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल

पाल्पा, यस वर्षको एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार गत वर्षको तुलनामा यहाँका संस्थागत विद्यालयहरुको नतिजामा अब्बल देखिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पामा आवद्ध जिल्लाका १८ वटा विद्यालयका ९० प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । गत वर्षको तुलनामा यस वर्ष संस्थागत विद्यालयको नतिजामा अब्बल देखिएको प्याब्सनका जिल्ला अध्यक्ष डाँसुराम पन्तले बताए । उनले भने “हामीले शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लगेका छौं, जसको परिणाम अहिलेको नतिजामा देखिएको हो ।”  पहिले भाषाका विषयहरुमा विद्यार्थी कमजोर थिए, उनीहरुको मनोभावना बुझेर अहिले संस्थागत विद्यालयहरुले प्राथमिकता दिएर पठन–पाठन गराउँदै आएकाले पनि नतिजा अब्बल देखिएको उनको भनाई छ । यहाँका १८ वटा संस्थागत विद्यालयका ४ सय ७१ विद्यार्थी मध्ये ४ सय २४ विद्यार्थी उत्र्तिण भएका प्याब्सनका जिल्ला सचिव गंगाबहादुर खत्रीले बताए । उनका अनुसार न्यू होराईजन माध्यमिक विद्यालयबाट तीन जनाले चार जिपिए ल्याएका छन् । जुन संस्थागत विद्यालय मध्येको उत्कृष्ट नतिजा हो ।

यहाँको आनन्द निकेतन विद्याश्रमबाट परीक्षा दिएका २४ विद्यार्थी मध्ये २२ जना विद्यार्थी उत्र्तिण भएका छन् । यस्तै बेथल इङ्ग्लिस बोर्डिङ्  सेकेण्डरी स्कूलबाट परीक्षा दिएका ६३ जना विद्यार्थी मध्ये ५५ जना, भुपु सैनिक राइजिङ इङ्ग्लिस सेकेण्डरी स्कूलबाट परीक्षा दिएका ३१ जना मध्ये २२ जना, विजु इङ्ग्लिस बोर्डिङ् सेकेण्डरी स्कूलबाट परीक्षा दिएका ९ जना मध्ये ७ जना, माउन्टभ्याली इङ्ग्लिस स्कूलबाट ९ जना मध्ये ९ जना नै उत्र्तिण भएका छन् । यस्तै न्यू होराईजन माध्यमिक विद्यालयबाट ८३ जनाले परीक्षा दिएकोमा ७६ जना, पाल्पा आवासीय सेकेण्डरी स्कूलबाट ३० जनाले दिएकोमा २७ जना, पाल्पा भूपु सैनिक स्कूलबाट ३ जना मध्येबाट २ जना, पाल्पा प्यारागन इङ्ग्लिस बोर्डिङ  स्कूलबाट १६ जना मध्येबाट १५ जना, पोलिस्टार विज्डम सेकेण्डरी स्कुलबाट ३६ जना विद्यार्थी मध्येबाट ३४ जना, प्रसान्ती चिल्डेन ऐकडेमीबाट ५ जना मध्ये ५ जना नै उत्र्तिण भएको प्याब्सन पाल्पाले जनाएको छ । यस्तै रामपुर इङ्ग्लिस बोर्डिङ्  स्कुलबाट ४६ जनाले परीक्षा दिएकोमा ४४ जना, रजघरा इङ्ग्लिस बोर्डिङ स्कूलबाट ८ जनाले दिएकोमा ८ जना नै, रिभरभ्याली  इङ्ग्लिस सेकेण्डरी स्कूलबाट १० जना मध्येबाट ९ जना, सेन कपितानियो स्कूलबाट ७५ जनाले परीक्षा दिएकोमा ६८ जना, सनराइज इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कूलबाट ९ जना मध्ये ७ जना, सनराइज पब्लिक  सेकेण्डरी स्कुलबाट १० जनामा १० जना नै र भिएस ऐकडेमीबाट ४ जनामा ४ जना नै  उत्र्तिण भएका छन् ।

जिल्लाका सामुदायिक विद्यालयको समेत नतिजामा सुधार आएको छ । यहाँका दुई वटा सामुदायिक विद्यालयका ३ जना विद्यार्थीले चार जिपीए ल्याएका छन् । देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट एक जना र  रामतुलसी नमुना माध्यमिक विद्यालयबाट दुई जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update