Shittalpati
पाल्पा कोरोना अपडेट: बिहीबार ४३ जना संक्रमितले कोरोना जिते, १८ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४३ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र १२ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १३, माथागढी गाउँपालिका, रम्भा गाउँपालिकाका १/१,रामपुर नगरपालिकाका ९, पूर्वखोला गाउँपालिकाका ६,रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

१८ जना नयाँ संक्रमित थपिए

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ८ र एन्टिजेन परीक्षणमा १० जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ४४ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिकाका १/१,तानसेन नगरपालिकाका ६ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ८६ पुगेको छ । जसमा २ हजार २ सय ८४ महिला र ३ हजार ७ सय २ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ । ४१ जनामा परीक्षण गरिएकोमा माथागढी, बगनासकालीका १/१, रामपुरका ४ र तानसेनका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ४ सय ५५ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय १३ पुगेको छ । जिल्लामा ३ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update