Shittalpati
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला जिल्लाको माथागढी गाउँपालिका–३ खिरैलिधारामा आफ्नै घरमा सुुतेको अवस्थामा एक युवक मृत फेला परेका छन् । विहीबार राती खिरौलिधाराका मोहन सिं थापाका २९ वर्षीय छोरा ज्ञानबहादुर थापा सुत्ने कोठामा मृत फेला परेका हुन् ।
पाल्पामा क्षयरोगका बिरामीको ग्राफ १६ वर्षदेखि उस्तै, क्षयरोगमुक्त अभियान नारामै सिमित
पाल्पामा क्षयरोगका बिरामीको ग्राफ १६ वर्षदेखि उस्तै, क्षयरोगमुक्त अभियान नारामै सिमित पाल्पामा क्षयरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत १६ वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा क्षयरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष केही संख्या थपिएको छ भने कुनै वर्ष केही ओरालो लागेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०६३/०६४ देखि अहिलेसम्म ६ हजार ३ सय २२ जनामा क्षयरोगको...
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार...
आज विश्व क्षयरोग दिवस मनाइदैं
आज विश्व क्षयरोग दिवस मनाइदैं आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस...
राजस्व चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन
राजस्व चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्नतर्फ चासो देखाएका छन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन र राजस्व छली नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन समेत दिएका छन् ।
लुम्बिनी प्रदेशको समृद्धिमा योजना र कार्यक्रम : मुख्य मन्त्री गिरी
लुम्बिनी प्रदेशको समृद्धिमा योजना र कार्यक्रम : मुख्य मन्त्री गिरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको समृद्धका लागि योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि श्रोत ब्यवस्थापन सम्बन्धि प्रदेश सभा सदस्यहरुको भुमिका विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् ।
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।
सेवा विस्तार गर्दै रामपुर अस्पताल
सेवा विस्तार गर्दै रामपुर अस्पताल सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको...
आज विश्व जल दिवस मनाइदैं
आज विश्व जल दिवस मनाइदैं आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
Weather Update