Shittalpati
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत
प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व जिल्लाका ११ क्याम्पसमध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिएको छ । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुंवरको नेतृत्वमा स्ववियु गठन भएको हो ।
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका चन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो ।
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै छन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा
पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ । हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले संग्रहालयमा मात्रै...
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो ।
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
उपराष्ट्रपतिको शपथ सोमबार
उपराष्ट्रपतिको शपथ सोमबार नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
Weather Update