Shittalpati
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आज विश्व दूरसञ्चार दिवस मनाइँदै आज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर यो दिवस मनाइँदै छ ।
तानसेनमा आदिवासी जनजाती महोत्सव
तानसेनमा आदिवासी जनजाती महोत्सव तानसेन नगरपालिका –२ असनटोलमा आदिवासी, जनजाती महोत्सव भएको छ । असनटोल ३ टोल विकास संस्थाले आदिवासी जनजाती महोत्सव गरेको हो ।
तानसेनमा प्रताप शमशेरले बनाएको धाराको जिर्णाेद्धार गरी सञ्चालन
तानसेनमा प्रताप शमशेरले बनाएको धाराको जिर्णाेद्धार गरी सञ्चालन जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा रहेको प्रताप शमशेर राणाले निर्माण गरेको खानेपानीको सार्वजनिक धारा जिर्णाेद्धार गरी सञ्चालनमा  ल्याइएको छ । वडा कार्यालयको एक लाख बजेटमा धाराको जिर्णोद्धार गरी सञ्चालनमा ल्याइएको हो ।
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको  छ ।  शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्युभएको हो । घटनामा तीनको अवस्था गम्भीर छ ।
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कारको ठक्करबाट दुई महिलाको मृत्यु बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
भारतीय वनमन्त्री यादव नेपालमा
भारतीय वनमन्त्री यादव नेपालमा भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । 
सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण : राष्ट्रपति पौडेल
सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै पौडेयलले यस्तो बताएका हुन् उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए ।
Weather Update