Shittalpati
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु

परासी, पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको  छ ।  शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्युभएको हो । घटनामा तीनको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन् । उनीहरू सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन् । गम्भीर अवस्थामा रहेका घाइते सबैको देवदह मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो साढे ४ बजे पानीसहित आएको हावाहुरीबाट जोगिन उनीहरू सुनवल नगरपालिका–७ स्थित प्रतीक्षालयमा बसेका थिए । हावाहुरीका कारण नजिकै रहेको रुख प्रतीक्षालयमा ढल्न पुगेको थियो । कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update