तामाखानी उत्खनन्का लागि खोजतालस सुरु
बिहीबार, जेठ १, २०८२
गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन
बिहीबार, जेठ १, २०८२
गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध
बिहीबार, जेठ १, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो ।
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
बुधबार, वैशाख ३१, २०८२
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।
सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र
बुधबार, वैशाख ३१, २०८२
‘बुर्लुकबुर्लक उफ्रेर एक सेकेन्डमै प्यूठान, गुल्मी र अर्घाखाँची जिल्ला टेकेँ,’ वरिष्ठ पत्रकार भैरव रिसालले ‘रातो फूलबारी’ पुस्तकमा लेखिएको ‘एकै सेकेन्डमा तीन जिल्ला’ शीर्षकको नियात्रामा उल्लेख गरेका छन् । उनको नियात्रामा उल्लेख भएअनुसार प्यूठान, गुल्मी र अर्घाखाँची तीन जिल्ला जोडिएको पवित्र, सुन्दर र मन लोभ्याउने त्रिवेणीस्थल प्यूठानको सौतामारेको हो ।
अन्धकारमुक्तिले दियो व्यवसायीलाई अभिमुखिकरण
बुधबार, वैशाख ३१, २०८२
जिल्लाको रामपुरमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले युवा व्यवसायी शेयर सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ । उसले उद्योग, पेशा, व्यवसायमा आवद्ध शेयर सदस्यहरुको व्यवसाय प्रर्वद्घन गर्ने उद्देश्यले जिल्लाका युवा व्यवसायीहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो ।
भैरवनाथ मन्दिर समिति प्रकरण : उच्च अदालतले दियो कारण देखाऊ आदेश
मंगलबार, वैशाख ३०, २०८२
उच्च अदालत तुलसीपुर बुुटवलले ऐन विपरित ‘भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठनको निर्णय विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।
‘भ्रष्टाचारविरुद्ध अभियान आवश्यक’
मंगलबार, वैशाख ३०, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान सञ्चालनको आवश्यकता औँल्याउएका छन् । उनले सरकारले भ्रष्टाचार विरुद्वको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने स्पष्ट पारे ।
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
मंगलबार, वैशाख ३०, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।
गुल्मीमा माछा मार्न गएका एक पुरुष खोलामा मृत फेला
मंगलबार, वैशाख ३०, २०८२
जिल्लाको छत्रकोट गाउँपालिकामा माछा मार्न गएका एक पुरुष खोलामा मृत अवस्थामा फेला परेका छन् । यहाँको बोटेगाउँ रेग्दी छहरामा माछा मार्न गएका बुटिलगाउँका ४५ वर्षीय ज्ञानबहादुर राकस मृत फेला परेका हुन् ।
‘द्वन्द्वग्रस्त विश्वमा बुद्धका सन्देशको सान्दर्भिकता बढेको छ’
मंगलबार, वैशाख ३०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण गौतम बुद्धका सन्देश महत्वपूर्ण हुँदै गएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेशको सान्दर्भिकता बढ्दै गएको बताएका हुन् ।
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
मंगलबार, वैशाख ३०, २०८२
एक दशकअघिसम्म हाँडिकोटको महत्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
ऐनलाई लत्याउँदै ‘भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन’
सोमबार, वैशाख २९, २०८२
संघीय सरकार अन्तर्गत गुठी संस्थान ऐन २०३३ मा भएको व्यवस्थालाई लत्याउदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन गरेको छ । उसले गुठी संस्थान ऐन २०३३ को दफा १६ र १७ बमोजिम देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१ को धज्जी उडाउँदै आफू अनुकूल समिति गठन गरेको पाइएको...


