Shittalpati
अन्धकारमुक्तिले दियो व्यवसायीलाई अभिमुखिकरण

पाल्पा, जिल्लाको रामपुरमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले युवा व्यवसायी शेयर सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ । उसले उद्योग, पेशा, व्यवसायमा आवद्ध शेयर सदस्यहरुको व्यवसाय प्रर्वद्घन गर्ने उद्देश्यले जिल्लाका युवा व्यवसायीहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि भाटभटेनी सुपर मार्केटका प्रबन्ध सञ्चालक मिनबहादुर गुरुङले सहकारीले शेयर सदस्यहरुलाई व्यवसायी प्रवद्र्धनका लागि कार्यक्रम गरेर प्रशंसनिय कार्य गरेको बताए । उनले जुनसुकै काम गर्दा पनि ईमान्दारीता, अनुशासन, पारदर्शिता, प्रतिवद्धता र त्यागको सिद्घान्त अपनाउने हो भने व्यवसायमा सफलता मिल्ने उल्लेख गरे । कार्यक्रममा झ्याम्भ्ल कृषि फर्मका प्रोप्राईटर कमला लामाले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । पुर्व नेफ्स्कून सञ्चालक तथा ग्रामीण उद्यम आधारशिलाका सञ्चालक सन्दीप सापकोटाले सहकारीका माध्यमबाट उद्यमशीलता विकास, वर्तमान चुनौतीहरु, समाधान र सम्भाव्यताका सम्वन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख समन्वयकर्ता अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष, सन्दीप रानाले देश निर्माणमा युवाहरुको भूमिका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, संघका महासचिव पुरुषोत्तम के.सी, व्यवसायी विवेक पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको उद्देश्य, परिकल्पना, अभियान र लक्ष्यलाई सार्थक बनाई एक सभ्य समाज निमार्णको महान संकल्पलाई मुर्त रुप दिनका लागि कार्यक्रम गरिएको बताए । उनले सदस्यहरुको पेशा, व्यवसाय, उद्योगहरुको प्रर्वद्धन तथा संरक्षण र दिगो तथा रणनीतिक विकासका लागि सफल व्यवसायीहरुको सफलताको कथाबाट थप उर्जा मिल्ने उल्लेख गरे । सहकारीले चितवनको सौराहामा भएको कार्यक्रम सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता ,सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update