Shittalpati
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

पाल्पा, सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका  थिए । त्यसपछि संसदमा वैशाख २२ गतेदेखि निरन्तर छलफल भएको थियो ।

आइतबारको बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । उनले सांसदहरूले दिएका सुझावहरू समेटेर आगामी वर्षको बजेट बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update