Shittalpati
रहेनन् वामपन्थी नेता नेपाल

काठमाडौँ, वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ बर्षको उमेरमा उनको मंगलबार दिउँसो निधन भएको हो ।

उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए । नेता जेपाल केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update