देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
सोमबार, चैत २०, २०७९
सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
आइतबार, चैत १९, २०७९
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
वर्षाले किसान उत्साहित
आइतबार, चैत १९, २०७९
हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
आइतबार, चैत १९, २०७९
जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट
आइतबार, चैत १९, २०७९
जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
शनिबार, चैत १८, २०७९
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हुन् ।
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
शनिबार, चैत १८, २०७९
देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने
शनिबार, चैत १८, २०७९
पाल्पा दरबार परिषरका घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने तानसेन संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजन गरी तानसेन नगर सरकार र सम्बन्धित निकायले उचित निकास दिनुपर्ने बताएको हो ।
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
शुक्रबार, चैत १७, २०७९
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
शुक्रबार, चैत १७, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
शुक्रबार, चैत १७, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि
शुक्रबार, चैत १७, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।