Shittalpati
भोलीदेखि कक्षा १२ को परीक्षा,  ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

पाल्पा, भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदै छन् । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थीहरुले पनि परीक्षा दिर्दै छन् । उनीहरुले त्यहीको केन्द्रबाट परीक्षामा दिने छन् ।

शिक्षकहरुको आन्दोलनका कारण वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् । कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुँदै छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update