Shittalpati
नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै

पाल्पा, आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।

योगसँग सम्बन्धित संङ्घ संस्थाले यो विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् । हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा उर्जाको सञ्चार गर्ने उनीहरुको भनाई छ । हाँसोलाई योगकै महत्वपूर्ण पाटो मानिन्छ । हिजोआज हाँसोको योगाकै लागि बनेर क्लब तथा संस्था खुल्न थालेका छन् । यो दिवस सन् १९८८ देखि भारतबाट मनाउन थालिएको हो । अहिले यो दिवस  नेपाल सहित विश्वव्यापी रुपमा मनाइन्छ । हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा दिवस मनाउन  थालिएको हो ।

मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन हाँसोले प्रोत्साहित गर्दछ । हाँसोले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । यसले स्वास्थ्यलाई समेत महत्वपूर्ण फाइदा गर्छ । मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा हाँस्दा वा खुसी हुँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुन्छिन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो । हाँसोले आत्मविश्वास बढाउँछ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्‍याउँछ । यसले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसँग जुध्ने क्षमतामा वृद्धि गर्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update