सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा
शुक्रबार, माघ ४, २०८१
पुसमै पाक्यो ‘चैते काफल’
बिहीबार, माघ ३, २०८१
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।
अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण
बिहीबार, माघ ३, २०८१
पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, माघ ३, २०८१
देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
गाउँले सहरमा वन्यजन्तु बस्तीमा
बिहीबार, माघ ३, २०८१
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै...
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
बिहीबार, माघ ३, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत...
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री
बिहीबार, माघ ३, २०८१
नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
नेप्से परिसूचकमा सामान्य अड्ढले सुधार
बुधबार, माघ २, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अड्ढको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८३ अड्ढले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार...
संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ
बुधबार, माघ २, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले मंलबार दिएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे ।
जलचर जोगाउन समुदायकै सहभागिता
बुधबार, माघ २, २०८१
काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा
बुधबार, माघ २, २०८१
माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
सोमबार, पुस २९, २०८१
यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनि तरकारीखेतीमा होमिएका हुन् ।


