Shittalpati
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । 
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट एक वर्षदेखी प्रयोग विहिन अवस्थामा रहेको छ । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको हो ।
‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल
‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । लुम्बिनी प्रदेशसभाको जारी अधिवेशनको मंगलबारको बैठकमा उक्त विधेयक माथि छलफल भएको हो ।  
‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । 
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला जिल्लाको मालिका गाउँपालिका– ८ मर्भुङ्खमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय ६०  वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका हुन् ।
हलगोरु पाल्ने किसानलाई सम्मान
हलगोरु पाल्ने किसानलाई सम्मान यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना...
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको सोमबारको चौथौ बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न  बनेको विधेयक पेस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैंठकमा विधेयक पेस गरेका हुन् । 
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । 
Weather Update