निगमका दुई जहाज ‘ग्राउन्डेड’ : गुल्मीको हवाई सेवा एक महिनादेखि बन्द
सोमबार, माघ ७, २०८१
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, माघ ७, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता
सोमबार, माघ ७, २०८१
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो ।
ओझेलमा सिद्धे चमेरे गुफा
आइतबार, माघ ६, २०८१
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
भार्सेका किसान व्यावसायिक किबीखेतीमा
आइतबार, माघ ६, २०८१
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ ।
पाल्पामा बढ्दो साइबर अपराध
आइतबार, माघ ६, २०८१
इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
स्याङ्जामा टिपर दुुर्घटना : एकको मृत्युु, चार घाइते
शनिबार, माघ ५, २०८१
स्याङजाको आँधिखोला गाउँपालिका –५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना भएको छ । शुक्रबार राती कृषिबाट ओहियातर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।
अनलाइनबाट नागरिकता सिफारिस
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।
अवैध लागूऔषध ओसार–पसार बढ्दो
शनिबार, माघ ५, २०८१
नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
शुक्रबार, माघ ४, २०८१
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ
शुक्रबार, माघ ४, २०८१
हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।


