आज विश्व रेडक्रस दिवस मनाइँदै
बिहीबार, वैशाख २५, २०८२

घाँसको बिउ बेचेर दुई लाख आम्दानी
बुधबार, वैशाख २४, २०८२
घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् ।

एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै
बुधबार, वैशाख २४, २०८२
तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।

पाल्पामा सञ्चाालित पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सकियो
बुधबार, वैशाख २४, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा सञ्चालित तालिम बुधबार सकिएको हो ।

नेपाली सेनाद्वारा ‘माथागढी पार्क’ पालिकालाई हस्तान्तरण
मंगलबार, वैशाख २३, २०८२
जिल्लाको माथागढी गाउँपालिकामा रहेको ऐतिहासिक गढीमा उद्यान पार्क निर्माण गरि माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उद्यानको पृतानपति उपरथि प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिलाई हस्तान्तरण गरेका हुन् ।

रहेनन् वामपन्थी नेता नेपाल
मंगलबार, वैशाख २३, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ बर्षको उमेरमा उनको मंगलबार दिउँसो निधन भएको हो ।

पाल्पामा पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सुरु
मंगलबार, वैशाख २३, २०८२
पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा भएको सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।

प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप
मंगलबार, वैशाख २३, २०८२
संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । सोमबारदेखि संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि सुरू भएको हो ।

आज सीता जयन्ती
मंगलबार, वैशाख २३, २०८२
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।

गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा
मंगलबार, वैशाख २३, २०८२
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९ सय १३ रुपैयाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको थियो ।

कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर
सोमबार, वैशाख २२, २०८२
“पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।”

तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम
सोमबार, वैशाख २२, २०८२
जिल्लाको तानसेन नगरपालिका – ३ भगवतीटोलमा महिलाहरुका लागि क्रिस्टलको गहना र धुप बनाउने तालिम दिइएको छ । पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा यहाँका महिलाहरुका लागि तीन दिने तालिम दिइएको हो ।

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
सोमबार, वैशाख २२, २०८२
माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबारदेखि परीक्षणको काम सुरु भएको हो ।