Shittalpati
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।
लोकतान्त्रिक संविधान  संरक्षण गर्न काँग्रेस सडकमा
लोकतान्त्रिक संविधान संरक्षण गर्न काँग्रेस सडकमा लोकतान्त्रिक संविधान संरक्षणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा उत्रिएको छ । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मूल्य र मान्यता माथि नै कुठराघात गरी लोकतान्त्रिक संविधानलाई नै संकटमा पार्न लागेकोले त्यसको संरक्षणका लागि भन्दै काँग्रेस सडकमा उत्रिएको हो ।
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैठक र भेला गर्दै हिडेको छ ।
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप नेपाली काँग्रेस गुल्मी क्षेत्र १ ले प्रधामन्त्री केपी शर्मा ओलीद्वारा संसद् विघटनको कदम असंवैधानिक भएको आरोप लगाएको छ । काँग्रेस क्षेत्रीय समितिको बैंठकले वर्तमान अवस्थामा केपी ओली सरकारले गरेको संघीय सांसद विघटनको बिरोध गर्दै यो कार्य संविधानको वरखिलाफ भएको आरोप लगाएको हो ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।
Weather Update