Shittalpati
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको विस्तार, पालिका तथा वडा कमिटी कार्यालय स्थापना, पार्टी सदस्यता विस्तार तथा वितरण, पार्टी प्रवेश योजना, संगठित संदस्यता नविकरण लगायतका कामहरु गर्ने निर्यण बैठकले गरेको छ । बैठकले केपी ओली सरकारले जनतामाझ गरेका लोकप्रिय कार्यक्रमको बारेमा प्रचार–प्रसार गर्ने समेत गर्ने जनाएको छ ।

बैठकले आउँदो बैशाख ३० गते तोकिएको स्थानीय निर्वाचन नगर्न सरकारले विभिन्न बहानाबाजी बनाएकाले खबरदारी गर्ने, चरम मंहगी, कालो बजारी, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा निरन्तर खवरदारी गरी जनतालाई जानकारी गराउने निर्यण गरेको छ । बैंठकले सत्तारुढ दलबाट अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धमा गम्भीर प्रश्नहरु उठेकाले गम्भीर शासन सत्ता सञ्चालन गर्न ध्यानाकर्षण गर्नेसम्मका निर्णय गरेको पार्टी सचिव रामजी पोखरेलले बताए । बंैठकले धनेन्द्र राज घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय सचिवालय समेत गठन गरेको छ । बैंठकले दमन सिं पाटा, विष्णु भण्डारी, विमल प्रसाद काफ्ले, चिरञ्जीवी पोखरेल, दमयन्ती थापा, राधा श्रेष्ठ रिता अर्याल र कुलप्रसाद अर्याललाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

बैठकले चुराबहादुर गोदारको अध्यक्षतामा दिवाकर अर्याल उपाध्यक्ष सचिवमा छवि भट्टराई, सदस्यहरु डिलबहादुर गाहा, बुद्धिश्वरा सुनार, मुक्तिराम शर्मा, टोपबहादुर गाहा रहेको जिल्ला लेखाकमिटी गठन गरेको कार्यालय सचिव दिपक विश्वकर्माले बताए । यस्तै एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी संयोजकमा विमल प्रसाद काफ्ले, सह– संयोजकमा नविन सोती, सचिवमा लिला गाहालाई चयन गरेको छ । उसले क्षेत्र नं. २ संयोजकमा चिरञ्जीवी पोखरेल, सह–संयोजकमा त्रिरत्नलाल शाक्य, सचिवमा नविन थापालाई चयन गरेको छ । बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको क्षेत्र नं. १ क को संयोजकमा सरस्वती भट्टराई, सह–संयोजकमा भुवन थापा, सचिवमा दामोदर पाठक, क्षेत्र नं. १ ख को संयोजकमा नुनबहादुर थापा, सह–संयोजक अर्जुन रेग्मी, सचिव– क. विनोद कुमार श्रेष्ठ, क्षेत्र नं. २ क को संयोजकमा घनश्याम गैरे, सह– संयोजकमा राजकुमार पन्थी, सचिवमा तेजप्रसाद रसाइली क्षेत्र नं. २ ख को संयोजकमा श्रीकृष्ण आत्रेय, सह–संयोजकमा गोमा भण्डारी, सचिवमा बेणिमाधव आचार्यलाई चयन गरेको छ ।

यसैगरी बैठकले निस्दी इञ्चार्जमा दमन पाटा, सह–इञ्चार्जमा हेम खाम्चा, पूर्वखोला इञ्चार्जमा नुनबहादुर थापा, सह–इञ्चार्जमा भागिरथी भट्टराई रम्भा– इञ्चार्जमा विष्णु भण्डारी, सह–इञ्चार्जमा भोजबहादुर वि.क. माथागढी इञ्चार्जमा सन्तोष भट्टराई सह–इन्चाजमा तुल्सीराम भुषाल, तिनाउ इञ्चार्जमा दलबहादुर गुरुङ, सह–इञ्चार्जमा इन्द्रा चिदी रैनादेवी छहरा इञ्चार्जमा गीता कुमारी भट्टराई, सह–इञ्चार्जमा प्रेम घिमिरे रिब्दीकोट इञ्चार्जमा कृष्णबहादुर जिसी, सह–इञ्चार्जमा चक्रबहादुर कुंवर र लक्ष्मी खनाललाई जिम्मेवारी दिएको छ । त्यस्तै तानसेन इञ्चार्जमा दामोदर घिमिरे, बगनासकाली इञ्चार्जमा टीकाबहादुर थापा, सह–इञ्चार्जमा झपेन्द्र खनाल र भेषराज तिमिल्सना, रामपुर इञ्चार्जमा राजेन्द्र लम्साल, सह–इञ्चार्जमा दुर्गा रानालाई चयन गरेको छ । बैठकले वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा देविलाल लामिछाने, संगठन विभाग प्रमुखमा रामजी पोखरेल, निर्वाचन विभाग प्रमुखमा दिपक विश्कवर्मा, स्थानीय विकास विभाग प्रमुखमा विष्णु भण्डारी, पार्टी स्कुल विभाग प्रमुखमा दलबहादुर गुरुङ, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा कृष्ण जिसी, कानुन तथा मानव अधिकार प्रमुखमा दामोदर घिमिरे, स्वास्थ्य तथा जनसंख्या प्रमुखमा सुनिता शर्मा, युवा तथा खेलकुद विभाग प्रमुखमा विष्णु बहादुर कार्की, उद्योग, वाणिज्य तथा आपुर्ती विभाग प्रमखमा त्रिरत्नलाल शाक्य, वन तथा वातावरण प्रमुखमा कृष्ण श्रेष्ठ, शिक्षा तथा मानश्रोत विभाग प्रमुखमा रामप्रसाद ढकाल, पर्यटन तथा नागरिक उड्यान विभाग प्रमुख धनिश्वर बस्याल, समाज कल्याण विभाग प्रमुखमा भेषराज तिमिल्सिना, श्रम तथा रोजगार विभाग प्रमुखमा खेमबहादुर सारु, उपभोक्ता हित तथा आपुर्ती विभाग प्रमखमा बामदेव बस्याललाई चयन गरेको छ । यसैगरी बैठकले फाँट जिम्मेवारी अन्तर्गत जनसंगठन समन्वय संयन्त्रमा प्रमुख टिकाबहादुर थापा, महिला इञ्चार्जमा सुनिता शर्मा, सह–इञ्चार्ज क.तुल्सा गैरै, विद्यार्र्थी इञ्चार्जमा टिकाबहादुर थापा, युवा–इञ्चार्जमा दिपक विश्वकर्मा, भूपु सैनिक तथा प्रहरी संगठन–इञ्चार्जमा नुनबहादुर थापा, किसान र भूमिहिन सुकुम्वासी–इञ्चार्जमा घनश्याम गैरे, मजदुर (जिफण्ट)–इञ्चार्जमा चन्द्रकान्त न्यौपाने, जनजाती–इञ्चार्जमा नविन थापा, सह–इञ्चार्जमा बलबहादुर गाहा, उत्पीडित–इञ्चार्जमा भोजबहादुर विक, सह–इञ्चार्जमा तेज प्रसाद रसाइली, मुस्लिम–इञ्चार्ज अमिन बक्समियाँ जनसाँस्कृतिक–इञ्चार्जमा भुवन थापा, सह–इञ्चार्ज क.हुम गैरै, शिक्षा–इञ्चार्जमा सरोज ढकाललाई मनोनित गरेको छ ।

बैठकमा एमाले निस्दी गाउँपालिकाका अध्यक्ष नरबहादुर सुनारी, पूर्वखोलाका अध्यक्ष जीवन आचार्य, रामपुरका अध्यक्ष विष्णु रेग्मी, रम्भाका अध्यक्ष योगेन्द्र गैरै, माथागढीका अधयक्ष तेज घर्ती मगर, तानसेनका अध्यक्ष गुराँस आत्रेय, बगनासकालीका अध्यक्ष हरि पाठक, रिब्दीकोटका अध्यक्ष अर्जुन विक, रैनादेवी छहराका रामप्रसाद ज्ञवालीले पालिका भित्र पाटीले गरेका गतिविधीका विषयमा जानकारी गराएका थिए । जिल्ला कमिटीका अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सह–इञ्चार्ज दलबहादुर राना, पोलिटव्यूरो सदस्य एवं पाल्पा जिल्ला इञ्चार्ज ठाकुर गैरे, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला सह–इञ्चार्ज सिर्जना काफ्ले, निवर्तमान जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यको सहभागितामा पहिलो बैठक बसेको एमाले पाल्पाले जनाएको छ । उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत र सचिव रामजी पोखरेलको सञ्चालनमा बैठक बसेको हो ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update