Shittalpati
माधव नेपाल अध्यक्ष बन्ने
माधव नेपाल अध्यक्ष बन्ने माधव कुमार नेपाल नेकपाको पार्टी अध्यक्ष बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्व समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेसँगै नेपाल अध्यक्ष बन्ने भएका हुन् ।
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठनहरुले संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतका संगठनहरुले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेका हुन् ।
सरकारले दूरगामी महत्वका काम गरेको छ :  प्रधानमन्त्री (पूर्ण पाठसहित)
सरकारले दूरगामी महत्वका काम गरेको छ : प्रधानमन्त्री (पूर्ण पाठसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने...
प्रधानमन्त्रीको सम्बोधन ३ बजे
प्रधानमन्त्रीको सम्बोधन ३ बजे धानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटन, देशभर विरोध
प्रतिनिधिसभा विघटन, देशभर विरोध राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै ७ मन्त्रीले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सरकारले चालेको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान ताजा जनादेशका लागि भनी प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।
राष्ट्रपतिद्वारा संसद् विघटन,  बैशाख १७ र २७ मा निर्वाचन हुने
राष्ट्रपतिद्वारा संसद् विघटन, बैशाख १७ र २७ मा निर्वाचन हुने राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस
प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ...
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए ।
Weather Update