Shittalpati
कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह

गुल्मी, नेपाली काँग्रेस गुल्मीले कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउँन र सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । पार्टी सभापति खिलध्वज पन्थीद्वारा जारी विज्ञप्तीमार्फत बढ्दो संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गरी सर्तकता अपनाउन आग्रह गरिएको हो । काँग्रेसले स्वास्थ्य सेवा समयमै सर्वसुलभ हुने किसिमको वातावरण तयार गर्न पनि सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा कोभिड १९ को नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढेका कारण मानवीय स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाउँन सरकारी स्वास्थ्य संस्था तथा नीजी संस्था र चिकित्सकहरुमा आग्रह गरिएको छ ।

विज्ञप्तीमा केन्द्र, प्रदेश र स्थानीय सरकार तथा स्वास्थ्यसेवी संस्थाहरुबाट स्वास्थ्य सुरक्षा अपनाउँने, स्वास्थ्य मापदण्डको सहीपरिपालना गर्ने सूचनालाई पालना गर्नुका साथै, स्वास्थ्य सेवी संस्थाहरुले महामारी हुने खतरालाई मध्यनजर गरेर अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र उपचार पद्धतीलाई सर्वसुलभ बनाउँन पनि आग्रह गरिएको पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिए । सम्भावित महामारीका बेला पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई हुनसक्ने मानवीय सेवामा कुनै पनि कमी आउँन नदिने, स्वास्थ्य सुरक्षाका सामग्री अधिकतम प्रयोग गर्ने व्यवस्था मिलाउँन आ–आफ्नो मातहतका स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update