Shittalpati
‘भारतसँग छिट्टै वार्ता हुन्छ’
‘भारतसँग छिट्टै वार्ता हुन्छ’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।
अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने
अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।
वामदेव गौतम राष्ट्रियसभामा मनोनित
वामदेव गौतम राष्ट्रियसभामा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ... ‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव...
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको...
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक...
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस  पाल्पाको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस पाल्पाको ध्यानाकर्षण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बंजाडेमार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग...
Weather Update