Shittalpati
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैठक र भेला गर्दै हिडेको छ ।
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप नेपाली काँग्रेस गुल्मी क्षेत्र १ ले प्रधामन्त्री केपी शर्मा ओलीद्वारा संसद् विघटनको कदम असंवैधानिक भएको आरोप लगाएको छ । काँग्रेस क्षेत्रीय समितिको बैंठकले वर्तमान अवस्थामा केपी ओली सरकारले गरेको संघीय सांसद विघटनको बिरोध गर्दै यो कार्य संविधानको वरखिलाफ भएको आरोप लगाएको हो ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
नेकपामा तोकिए सात प्रदेशका संयोजक
नेकपामा तोकिए सात प्रदेशका संयोजक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) पाल्पाले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसको विरूद्ध बुधबार जसपाले विरोध प्रदर्शन गरेको हो ।
Weather Update