Shittalpati
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग

काठमाडौं, नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

उनका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो । बैठकले भातृ एवं शुभेच्छुक संस्थाहरूको संशोधित विधान समेत पारित गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update