Shittalpati
प्रतिनिधिसभाको बैठक पुनः स्थगित

पाल्पा, प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने संभावित कार्यूचीमा थियो ।

निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि बिहीबारको बैठक पनि नबसी स्थगित भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update