Shittalpati
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !

जगदीश भट्टराई
गुल्मी, अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको छ । काँग्रेसले यसरी बैठक सञ्चालन गर्न थालेपछि धेरैले भन्न थालेका छन्, बैठक होस त यस्तो ।

प्रायःसहभागी पदाधिकारी तथा सदस्यहरुले बैठकमा आउँने अनि एजेण्डाका विषयमा प्रवेशै नगरेर बाहिरीकुरामै सिमित हुने प्रथाको अत्यका लागि बैठक शुरु हुनभन्दा पहिला छलफलका सूची निर्माण गरी आवश्यक आचारसंहिता पारित गर्ने प्रचलन कमै हुने गर्छ । संसदीय अभ्यास संगै बस्ने बैठकले मात्र उद्देश्य पुरा गर्न सक्ने भएका कारण नयाँ शैलीबाट बैठक शुरु गर्ने परम्पराको शुरुवात गरेको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । सभापति पन्थी भन्छन्, ‘जिल्ला कार्यसमितिमा एक कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरेका कारण, धेरै साथीहरुसँगको सम्पर्क र बैंठकलाई संसदीय अभ्यासका आधारमा सञ्चालन गर्दा राम्रो हुने महशुस गरेर थालनी गरिएको हो ।’
पार्टीका बैंठकलाई संसदीय प्रणाली अनुरुप सञ्चालन गर्ने प्रक्रिया शुरु भए पछि, जिल्लाका नेताहरुमा विषय केन्दीत भएर बोल्ने र कार्यसूचीमा परेका एजेण्डाका विषयमा केन्द्रित हुन सहज भएको छ । नयाँ शैलीको शुरुवात पछि संसदीय अभ्यासले प्राथमिकता पाएको, बैठकमा सहभागी सदस्य गोपालप्रसाद पाण्डेको अनुभव छ ।

बैठक अवधिभर कसैले एक आपसमा कानेखुसी गर्न र मोवाइल उठाउँन अनि च्याटमा घोप्टे मन्टो लगाउँन पाउँदैनन्, । विषयको राम्रो अध्ययन पछि हात उठाएर बोल्ने पालो माग्नुपर्छ, । अनि आफु भन्दा पहिला बोलेका सहभागिहरुले राखेका विचारलाई नदाहोेरिने गरी विषयको पेरी फेरीमा रहेर, निर्धारित समयमा अति महत्वका विषयमा बिचार व्यक्त गर्न दिईन्छ, । अनि मात्र बैठक निस्कर्षमा पुग्छ, । यो प्रणाली लागु भए पछि हरेक विषयमा छलफल गर्न र निष्कर्षमा पुग्न सहज भएको जिल्ला कार्यसमिति सचिव भगत खड्काले बताए ।
बैठक सकेर गाउँ जादा के निर्णय भयो, भन्ने कुरा विर्सने सहभागिका लागि संसदीय प्रणालीको सिंकाईका रुपमा विकसित गर्दै लग्ने काममा पनि सहयोग पुगेको, पार्टीका उपसभापति अनन्तराम पौडेल बताउँछन् । अर्का उपसभापति शिव केसी भन्छन्, ‘यो प्रणाली लागु भए पछि, एकले अर्काको कुरा नसुन्ने पटकपटक भित्र बाहिर गर्ने क्रमको अत्य भएको छ, ।’ गाउँ, प्रदेश, क्षेत्र र जिल्ला सम्मका नेताहरुमा यस्तो सिकाई आवश्यक भएकाले यस्तो गरिएको केसीको तर्क छ ।

सोमबार भएको जिल्ला कार्य समितिको पूर्ण बैठकमा ४० जना सदस्यहरुले पालै पालो आ आफ्ना धारणा राखेका थिए । बैठकमा स्थानीयतहमा उम्मेदवार छनौट प्रक्रियालाई पार्टीको विधानतः अधिकार विकेन्दित गर्ने, अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै प्रत्येक नेता मतदाताको घर घरमा पुगेर उनीहरुका समस्याको पहिचान गर्ने जस्ता महत्वपूर्ण निर्णय भएका छन् । बैठकले सभापति खिलध्वज पन्थीको सभापतित्वमा सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरेको पार्टी सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update