Shittalpati
समृद्ध समाज निर्माण गर्छु : सुवेदी
समृद्ध समाज निर्माण गर्छु : सुवेदी पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् ।
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउने बताएका छन् । सोमबार तानसेन नगरपालिका ५ का विभिन्न टोल र बगनासकालीमा भएको महिला भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा...
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन...
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।
‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’
‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’ पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने...
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल पाल्पामा दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।
Weather Update