Shittalpati
गठबन्धनका उम्मेदवारले चुनाव हार्नु हुँदैन  : संयोजक श्रेष्ठ

पाल्पा, वाम– लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनका कुनै पनि उम्मेदवारले चुनाव हार्न नहुने बताएका छन् । शनिबार तानसेनमा महिला भेलालाई सम्बोधन गर्दै संयोजक श्रेष्ठले सत्तामा पुगेर मन्त्री बन्नका लागि नभएर पाल्पा र समग्र मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने बताएका हुन् । उनले महिला, युवा, अशक्तहरुको हितका लागि गठबन्धन दल एक मात्र विकल्पको रुपमा रहेको बताए । श्रेष्ठले भने ‘ महिला, युवा, अशक्तहरुको हितसँगै गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको छ ,त्यसैले पनि गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प छैन् ।’ महिलाका हक अधिकारका क्षेत्रमा गठबन्धनले विगतमा थुप्रै काम गर्दै आएको र अगामी दिनमा पनि गर्दै जाने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सबै महिलाहरुलाई सभापति श्रेष्ठले आग्रह गरे ।

प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले गठबन्धनसित जनताले ठूलो आशा र भरोसा राखेकाले पनि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताए । ‘नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु परेको छ,’ उनले भने, ‘यसैका लागि गठबन्धन गर्नु परेको हो । मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेलाई चेतावनी समेत दिए । उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यसपाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने बताए । उनले विपक्षी नेताहरुसँग कुनै एजेन्डा नभएपछि जनतालाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले त्यस्ता भ्रममा नपर्न सबै मतदताहरुलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update