Shittalpati
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ

पाल्पा, वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।

उनले युवाहरुका हरेक समस्या समाधानमा गठबन्धन मात्र एक विकल्प रहेको बताउँदै गठबन्धनको जित भएमा सबै युवाहरुको जित हुनेमा जोड दिए । उनले भने‘ परिवार पाल्न विदेशिएका युवा हुुन् वा पढाई सकेर बेरोजगार बसेका युवाहरु हुन् उनीहरुको व्यवस्थापनमा गठबन्धन गम्भीर छ,निर्वाचनपछि बन्ने गठबन्धनको प्रदेश र संघीय सरकारले यी समस्या समाधान गर्ने छन् ।’ सभापति श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गठबन्धनले गर्ने भएकाले मंसिर ४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन युवाहरुलाई आग्रह गरे ।

देशमा जब संकट आउन्छ तब गठबन्धन हुन्छ : पाण्डेय
गठबन्धनका साझा उम्मेदवार तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले पार्टीहरु मिल्नै पर्ने अवस्थामा गठबन्धन गरिएको बताएका छन् । उनले अहिलेको गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउनका लागि नभएको भन्दै देशले मागेका कारण गठबन्धन गरिएको बताए । पाण्डेले तानसेनको युवा भेला र पाल्पाको रैनादेवी छहराका विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रमपछिको कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काँग्रेस र कम्यूनिष्ट पार्टी मिल्दा नै २०४७ सालमा बहुदल ल्याउन र २०६२/६३ मा गणतन्त्र ल्याउन गठबन्धनको आन्दोलनहरु सफल भएको भन्दै अहिलेको गठबन्धन पनि त्यसैको उपज रहेको बताए । उनले अहिलेको गठबन्धन भनेको संविधान सभाबाट निर्माण गरिएको लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनको लागि गरिएकाले गठबन्धनलाई ढुक्क भएर मत दिन आग्रह गरे । उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेले चेतावनी समेत दिए । उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यस पाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने बताए । उनले विपक्षी नेताहरुसँग कुनै एजेन्डा नभएपछि जनतलाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले त्यस्ता भ्रममा नपर्न सबै मतदताहरुलाई आग्रह गरे ।

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : राना
प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको बताएका छन् । उनले तानसेनको युवा भेला र मतदाताहरुसँगको भेटपछिको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले लोकतन्त्र, संविधान तथा परिवर्तनलाई कुल्चन थालेपछि एमालेको विरुद्धमा ५ दलीय गठबन्धन गर्नु परेको स्पष्ट पारेका हुन् । उनले लोकतनत्रको रक्षाका लागि गठबन्धनले जस्तो सुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् । नेता रानाले युवाहरुका समस्या समाधानमा आफुु जति बेला पनि तयार रहेको बताए ।

राजनीति समर्पण हुनुपर्नेमा पेशा बनेको उल्लेख गर्दै उनले यसलाई चिर्न पनि आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताए । अघिल्लो पटक लुम्बिनी प्रदेशमा छोटो कार्यकालका लागि मन्त्री बनेपनि पाल्पामा उल्लेख्य काम गरेको दाबी गर्दै उनले यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको बताए । उनले अघिल्लो कार्यकालमा २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णताले किसानको दैनिकी नै सुधारिएको भन्दै भोलीका दिनमा पनि पाल्पामा सिँचाईं विस्तार र ग्रामिण सडकलाई बाह्रै महिना नियमित चल्ने बनाउने आफ्नो पहिलो प्राथमिकताामा रहेको पनि बताए । यसैबीच, उनले अन्य थुप्रै योजना र पाल्पा समृद्ध बनाउने थुप्रै्र सपना बाँकी रहेकोले आम मतदाता पनि आफूमा आशावादी रहेकोले यो निर्वाचनमा निर्वाचित हुनेमा विश्वास व्यक्त गरे ।

गठबन्धनको जित अपरिहार्य : घर्ति
यस्तै प्रदेश सभा २ (२) का उम्मेद्वार तुलाराम घर्ती मगर ९बसन्त०ले देश बनाउनको लागि गरिएको गठबन्धनलाई विपक्षीले कुप्रचार गरेकोले त्यस्ता प्रचारको पछाडी नलाग्न आग्रह गरेका छन् । उनले अब स्थानीय सरकार गठबन्धनबाट सफल भएको भन्दै प्रदेश, संघीय सरकार समेत बनाएर देशमा नीति अनुसारको नेतृत्व विकासमा गठबन्धनको जित अपरिहार्य रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपाल, नेता राजनप्रसाद पन्त, माओवादीकेन्द्रका नेताहरु नेत्र प्रसाद पाण्डेय, अनिलकिशोर घिमिरे, राजेन्द्र विश्कर्मा, समानुपातिका उम्मेदवार अशोक कुुमार शाही, काँग्रेस तानसेन नगर सभापति सुुवर्णमुनी शाक्य,काँग्रेस नेता यमलाल तिमिल्सीना, तरुण दलका तानसेन नगर सभापति सुुशील शाक्य लगायतले गठबन्धनको विजयीको लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

यस्तै उता प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का गठबन्धन तर्फका उम्मेद्वारहरुले क्षेत्रको विकासलाई गति दिन गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । निर्वाचनको लागि प्रचार–प्रसारको क्रममा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा र वडा नं. ४ देविनगर पुगेका उम्मेद्वारहरुले क्षेत्रको परिवर्तन र विकासलाई गति दिन गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका हुुन् । कांग्रेस पाल्पाका उपसभापति एवं प्रतिनिधि सभा पाल्पा क्षेत्र १ का गठबन्धनका उम्मेद्वार ज्ञान बहादुर गाहाले विगत २८ वर्ष देखि क्षेत्रमा एमालेले नेतृत्व गर्दै आए पनि समय सापेक्ष विकास हुन नसकेकाले अब गठबन्धनले जित्नुुपर्ने बताए । अहिले सम्म पनि जिल्लाको पूर्वी भेगका जनता अन्धकार मै बस्नु पर्ने, डोकोमा पानी भरेर खानु पर्ने बाध्यता रहेको भन्दै अब नेतृत्व परिवर्तनको विकल्प नरहेको उनले बताए । क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख) का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । क्षेत्र नं. १ प्रदेश (२) का उम्मेदवार शंकर खनालले जल्पा, देविनगर लगाएतका स्थल पर्यटकिय सम्भावना बोकेको रमणीय स्थल रहेको भन्दै यहाँको पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने बताए । साथै खनालले विकासको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे । नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य लिला सोमैले जनताले अब एक पटक सोच्ने समय आएको बताईन् । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताईन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला सदस्य दुर्गा प्रसाद अधिकारीले मुलुकको स्थायित्वको लागि गठबन्धनलाई मतदान गर्नु पर्ने बताए । कांग्रेसका प्रदेश समानुपातिक उम्मेद्वार तारा रसाईलीले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि कांग्रेसलाई मतदान गर्न अनुरोध गरिन् । सोही अवसरमा कांग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा, क्षेत्रिय सभापति झमन राज मगर, पुर्वखोला गाउँपालिकाका सभापति विष्णु कुमारी आचार्य, काँग्रेसका वडा सभापति रन बहादुर रखाल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि रुद्र खनाल, कांग्रेस पूर्वखोला ४ का सभापति गिर बहादुर लम्काहा, कांग्रेसका क्षेत्रिय सचिव मधु पराजुली लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update