Shittalpati
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे

पाल्पा,नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।

जनतासंग उम्मेदवार गैरेले पाल्पाको पश्चिम क्षेत्र फेक , बेडु बुढीकोट, दोभान जोड्ने नयाँ बाटो निर्माणमा पहल गर्ने, एक घर एक धारा पुरा गर्ने, स्वास्थ्य विमालाई सहज बनाउने, बृद्ध भत्ता रकम बृद्धि गर्ने, रिव्दीकोटलाई तरकारी जोनको रुपमा विकास गर्ने, उत्पादित कृषिजन्य बस्तुलाई विक्रि वितरण सहजता बनाउनदै जनताको आर्थिक सम्मृद्धिमा पहल गर्ने बताएका छन् ।

नेकपा एमाले प्रदेश सभा पाल्पा क्षेत्र नंं २ ( २) का उम्मेदवार ओमबहादुर घर्तिमगरले जनताको आर्थिक अवस्थालाई मजबुत बनाउन फेक क्षेत्रको समग्र विकास बाटोघाटो, खानेपानी, विजुली, तथा सञ्चार क्षेत्रमा पहल गर्ने बताएका छन् । फेक क्षेत्र तालतुङ, पेलाचौर, फेक र सोमर क्षेत्रमा घरदैलो गर्दै उम्मेदवार घर्तीले छिनफानडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भन्दै एमालेका उम्म्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । यस्तै पाल्पा क्षेत्र नंं २ (१) प्रदेश सभाका उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली ९ चापपानी क्षेत्रको घरदैलो कार्यक्रममा चापपानीको बगनासदेवी मालारानी क्षेत्रमा पर्यटकीय पुर्वाधारहरु निर्माणमा पहल गर्ने, चापपानीको खानेपानी समस्या लाई सहज बनाउने, व्यबसायिक कृषि उत्पादनमा जोड दिने बताएका छन् ।

नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले आफ्नो र पार्टीको योजना तथा कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताए । पूर्वी पाल्पाको रामपुरको तालपोखरा,झिरुबासको काउलेडाँडा,रिमिघालेक,अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने उम्मेदवार आचार्यले बताए । पाल्पा क्षेत्र नम्बर १ (१) का एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले जनताको आय आर्जनमा जोड दिने आफ्नो योजना रहेको बताए । पाल्पा क्षेत्र नं १ (२) प्रदेश सभा सदस्यका उमेदवार खेम बहादुर सारुले रम्भा ३ पिपलडाँडामा मतदातासँग भेटघाट गर्दै पिपलडाडा क्षेत्रको बाटोस्तर उन्नति गर्ने , एक घर एक धारालाइ पूर्णता दिने ,युवाहरुलाई स्वरोजगार बनाउने बताएका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update