Shittalpati
समृद्ध समाज निर्माण गर्छु : सुवेदी

पाल्पा, पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् । उनले अहिले समाजमा व्याप्त विकृति र विसंगती मौलाएको र भष्ट्राचारले जरो गाडेकाले त्यसको अन्त्य गरी समृद्ध र सुन्दर समाज निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

्सुवेदीले भने,‘आफु चुनावी अभियानका क्रममा गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा केही ठाउँ अत्यन्त पीडादायिक नै छन् । वृद्ध बुुवा–आमा बाहेक अरु कोही पनि छैनन्, विकास भन्ने हो भने, धारा जडान गरिएको छ पानी छैन, तार टाँगिएको छ,विजुली छैन्, सडक छ गाडी पुुगेका छैनन्,यस्तो विजोग अवस्थामा हाम्रो गाउँवस्ती छन् ।’ अहिले पनि समाजको विकासले गति लिन नसकेको उनले बताए । पढेलेखेका युवाहरु सबै विदेश पलायन हुँदा गाउँ–टोलमा वृद्ध आमा बुुवा मात्र रहेको देख्दा आफुलाई भावुुक बनाउने गरेको सुवेदीले बताए । उनले भने,‘ ति युवाहरुलाई गाउँमै रोजगार दिन सक्ने हो भने गाउँ नै हराभरा र सुन्दर हुने थियो । तर त्यसतर्फ कसैको पनि ध्यान गएन् । यहाँबाट पटक –पटक सांसद र मन्त्री बने तर दुर दराजको समस्याप्रति कोही पनि गम्भीर भएनन् त्यसैले म निर्वाचित भएमा यी सबै समस्याको समाधानमा लाग्ने छु त्यो मेरो जनतासँग गरेको प्रण हो ।’

सुवेदीले समृद्ध समाज निर्माण भए मात्र देशको विकास हुने बताए । उनले सिद्धबाबा सडकको विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए । सुवेलीले आफुु निर्वाचित भएपछि सिद्धबाबा सडकलाई छिटो भन्दा छिटो बनाउनका लागि पहल गर्ने उद्घोष गरे । उनले जिल्लाको धार्मिक, पर्यटकीय क्षेत्रको विकासमा दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने समेत बताए । गाउँ–गाउँमा पुुग्दा जनताले दिएको साथ,समर्थन र उत्साहले आफुलाई थप बल पुुगेको र आफ्नो जित सुनिश्चित रहेको सुवेदीले दावी गरे  । उनी पत्रकार समेत हुन् । सुवेदी तीन दशकदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् । अहिले उनी नारी पत्रिकाको प्रधान सम्पादक समेत हुन् । होटल व्यवसायी समेत रहेका सुवेदीले विगत डेढ वर्षदेखि सफा गरौं, स्वस्थ रहौं भन्ने उद्देश्यका साथ जिल्लामा कुुँचो वितरण अभियान समेत चलाउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update