Shittalpati
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे

पाल्पा, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नं. २ का उम्मेदवार ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताएका छन् । रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत भएको घरदैलो तथा टोल भेलामा उनले यस्तो बताएका हुन् । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । सत्ता स्वार्थ बाहेक गठबन्धनको मुलुक बनाउने कुनै एजेण्डा नभएकाले राष्ट्रिय हितका लागि काम गर्ने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन उनले आग्रह गरे । सत्ता पक्षको गठबन्धन समृद्धि र विकासको बाधक भएको उनले आरोप लगाए ।
पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ओमबहादुर घर्तिमगरले यस क्षेत्रको सडक स्तरोन्नति, एक घर एक धाराको कार्यक्रमलाई आफ्नो कार्यकालमा समपन्न गर्ने बताए । उनले धार्मिक पर्यटनको विकासका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्ने बताए । साथै यहाँका युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
यस्तै पाल्पा क्षेत्र नम्बर २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राम्दी मेलामै पुगेर मत मागेका हुन् । हरिबोधनी एकादशीका दिन कालीगण्डकी किनारमा नुहाउन तथा पुजाआरधना गर्न पुगेका भक्तालुहरूसँग सूर्यमा मतदान गर्न आग्रह गरे । सोही क्रममा उनले आफू निर्वाचित भएर गएपछि रामनदीधामलाई व्यवस्थित गर्ने बताए । यहाँदेखि रानीघाट हुँदै रिडीसम्मको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । भट्टराइले बगनासकालीको पोखराथोक, नायरनमतलेस र चिदीपानीमा पुगेर मत मागे । पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताए छ । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उनले यस्तो बताए हो । उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update