Shittalpati
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ ।
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो ।
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
२५ सयमा पिसिआर परीक्षण
२५ सयमा पिसिआर परीक्षण रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पिसिआर परीक्षण गर्ने जनाएको छ ।
एकै दिन एक हजार एक सय ७३ संक्रमित डिस्चार्ज
एकै दिन एक हजार एक सय ७३ संक्रमित डिस्चार्ज नेपालमा एकै दिन एक हजार एक सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना डिस्चार्ज भएको आइतबारको प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । शनिवार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।
Weather Update