Shittalpati
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै

पाल्पा । कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ । नेपाली सेनाको टोलीले प्रहरी र अस्पतालको समन्वयमा शव व्यवस्थापन गर्ने छ ।

ती पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो । उनलाई चार दिनअघि कोरोना पुष्टि भएपछि तानसेन स्थित वृद्धाश्रममा निर्माण गरिएको आइसोलेसनमा सेन्टरमा राखेर उपचार गरिएको थियो । कलेजोमा समस्या देखिएपछि उनलाई भदौ २१ गतेदेखि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update