Shittalpati
एकै दिन एक हजार एक सय ७३ संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा एकै दिन एक हजार एक सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना डिस्चार्ज भएको आइतबारको प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनका अनुसार योसँगै ३८ हजार ६ सय ९७ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १ सय ६५ नमूना परीक्षण गर्दा ३ सय ६५ महिला र ६ सय ७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ । देशभरमा १५ हजार १ सय १७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आईतबार मात्र काठमाडौं उपत्यकामा ५ सय ९७ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४ सय ८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update